बक्सिङ् संघका अध्यक्षमाथि कारवाहीको माग

काठमाण्डु टुडे २०७१ भदौ १९ गते १०:२३ मा प्रकाशित

काठमाण्डु, १९ भदौ – चार पटक ‘वेष्ट प्लेयर अफ दि ईयर’ बनेका राष्ट्रिय खेलाडी मनोहर बस्नेत (म्याक्स) ले नेपाल बक्सिङ् संघका अध्यक्ष राजीब श्रेष्ठले आफूलाई अन्याय गरेको भन्दै कारवाहीको माग गरेका छन् ।

boxingबिहिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै बस्नेतले आफूलाई नेपाल बक्सिङ् संघका अध्यक्ष राजीब श्रेष्ठले बक्सिङ्को कुनै पनि खेलमा सहभागी नगराउने भनेर खुलेआम अभिव्यक्ति दिएकोमा आपत्ति जनाएका छन् ।

बस्नेतले भने–एउटा खेलाडीलाई संरक्षण एवम् प्रर्वद्धन गर्नुपर्ने ठाउँमा संघका अध्यक्ष नै खेलाडीको विरुद्धमा उत्रिएपछि खेलाडीको भविष्य के हुन्छ ? यो अत्यन्तै सोचनीय कुरा हो । उहाँले आफ्नो मान्छेलाई एसियाडमा पठाउनु भएको छ ।

बस्नेतले आफूलाई संघका अध्यक्ष राजिव श्रेष्ठले राज्यको माथिल्लो निकायका प्रमुख चाहे राष्ट्रपती होस या प्रधानमन्त्री जसले दबाब दिए पनि अस्विकार्य हुने भन्दै आफूमाथि भएको चरम अन्यायको घोर भत्र्सना गर्दै यथाशिघ्र कानुनी कारवाहीको माँग गरेका छन् । उनले भने–म विगत १२ वर्षदेखि त्यही संघको मातहतमा बसेर बक्सिङ् खेलिरहेको छु । यो अवविधिमा म चारपटकसम्म राष्ट्रिय च्याम्पियन र ६ पटक राष्ट्रव्यापी खुल्ला च्याम्पियन भएको छु ।

उनले नेपालको कुनै पनि राष्ट्रिय स्तरको खेल नखेलेको खेलाडीलाई समेत अध्यक्ष श्रेष्ठ र कोच प्रचण्ड शर्माले अन्र्तराष्ट्रिय खेलमा समेत मनोमानी ढंगले सहभागी गराएकोमा समेत गुनासो पोखेका छन् । बस्नेतले नेपालमा एउटा तौलमा खेलाडी मनोनयन गर्ने र मनोनित खेलाडीलाई स्वदेशमै राखी अर्को खेलाडीलाई विदेशमा खेल्न पठाउने गरेकोमा पनि आक्रोश पोखेका छन् ।

आफ्नो पालामा करिव ४०० जनाको बाक्लो सहभागीतमा राष्ट्रिय खेल खेल्ने गरेको स्मरण गर्दै हालसालै भएको एसियन सेलेक्शनमा भने ३८ जना खेलाडीले सहभागीता जनाएकोमा बस्नेतले चिन्ता व्यक्त गरेका छन् । उनले राष्ट्रिय खेलाडीहरुलाई राज्यले संरक्षण गर्न नसकेकोमा भने गुनासो पाखेका छन् ।

उनका अनुसार खेलाडीहरुप्रति हुने गरेको ज्यादतीलाई रोक्न पनि आगामी २४ गतेबाट दशरथ रंगशालामा स्ट्याण्ड फोर नेशन, यूनाईट द नेशन नामक जनचेतनामूलक कार्यक्रम गर्ने पनि जानकारी दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us