आज आर्मी र पुलिसको भिडन्त

काठमाण्डु टुडे २०७१ भदौ १९ गते ३:१० मा प्रकाशित

काठमाण्डुanfa, १९ भदौ– राजधानीमा जारी एन्फा कप फुटबलमा आज दुई विभागीय टोली नेपाल आर्मी र पुलिस भिडदै छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजेपछि हुने दुवै विभागीय टोलीबीचको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ ।

प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले थ्री स्टारलाई हराउँदै अन्तिम ४ मा स्थान पक्का गरेको थियो ।
नकआउटका आधारमा खेलाइएको प्रतयोगितामा ए डिभिजनका ६ र मोफसलका दुई टिमको सहभागिता छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us