थ्रीस्टारलाई हराउँदै एपीएफ सेमिफाइनलमा

काठमाण्डु टुडे २०७१ भदौ १८ गते १३:५९ मा प्रकाशित

anfa cupकाठमाण्डु, १८ भदौं–सशस्त्र प्रहरीको एपीएफ क्लब राजधानीमा जारी एन्फा कपको सेमिफाइनल प्रवेश गरेको छ ।

दशरथ रंशशालामा बुधबार भएको दोस्रो खेलमा एपीएफले थ्री स्टारलाई १–० ले हराउँदै एपीएफले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
एपीएफको जितमा थप गरिएको अतिरिक्त समयको तेश्रो मिनेटमा रन्जन विष्टले गोल गरे ।  विष्टको गोल नै जितका लागि निर्णायब बन्यो । एपीएफले फाइनल प्रवेशका लागि मोफसलको झापा–११ सँग भिड्ने छ ।
यसअघि मंगलबार भएको उदघाटन खेलमा झापा मनाङलाई २–१ ले हराउँदै  झापाले सेमिफाइनल यात्रा तय गरेको थियो । प्रतियोगिताअन्तर्गत बिहीबार दुई विभागीय टोली नेपाल आर्मी र नेपाल पुलिस क्लब आमने सामने हुनेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us