एन्फा कपमा एपीएफ र थ्रीस्टार भिड्दै

काठमाण्डु टुडे २०७१ भदौ १८ गते ३:४० मा प्रकाशित

anfaकाठमाण्डु, १८ भदौ– राजधानीमा जारी एन्फा कप फुटबलमा आज सशस्त्र प्रहरीको एपीएफ र थ्रीस्टार क्लबीच प्रतिस्पर्धा हुँदैछ ।

यी दुई टोलीबीको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजेपछि हुनेछ । दुवै टिम जित आफ्नो पक्षमा पार्ने दाउका साथ मैदान उत्रंदैछन् । यसअघि हिजो भएको खेलमा ‘ए’ डिभिजन लिग विजेता मनाङलाई २–१ ले हराउँदै झापा–११ सेमिफाइनल प्रवेश गरेको थयो ।
प्रतियोगितामा एडिभिजनका ६ र मोफसलका दुई र टोलीको सहभागिता छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us