झापा–११ बाट ए डिभिजन गिल विजेता मनाङ पराजित

काठमाण्डु टुडे २०७१ भदौ १७ गते ४:१९ मा प्रकाशित

काठमाण्डु, १७ भदौ– राजधानीमा सुरु एन्फा कपको उदघाटन खेलमा गत वर्षको ‘ए’ डिभिजन लिग विजेता मनाङ मस्र्याङदी मोफसलको टिम झापा anfa cup११ बाट पराजित भएको छ ।
मंगलबार दशरथ रंगशालामा भएको खेलमा झापाले मनाङलाई २–१ को गोल अन्तरले पराजित गरेको हो । झापाका लागि खेलको उनले खेलको १३ औं मिनेटमा विशाल राई ‘ए’ ले गोल गर्दै टिमलाई सुरुआती अग्रता दिलाए ।

मनाङका लागि खेलको ५३ औं मिनेटमा गोल गर्दै दीपक राईले खेललाई १–१ को बराबरीमा पुर्‍याए । ६८ औं मिनेटमा विशाल राईले गरेको दोश्रो गोल गर्दै टिमलाई जित दिलाए ।
प्रतियोगितामा ‘ए’ डिभिजनका ६ र मोफसलका दुई गरी कुल आठ टोलीको सहभागिता रहेको छ । नकआउटका आधारमा खेलाइने प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

‘ए’ डिभिजनमा रहेका सरस्वती युवा क्लब, फ्रेन्ड्स क्लब, मच्छिन्द्र क्लब र हिमालयन शेर्पा क्लब प्रतियोगितामा सहभागगी छैनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us