नेपालको अण्डर–१६ टिमले थाइल्याण्डलाई बराबरीमा रोक्यो

काठमाण्डु टुडे २०७१ भदौ १५ गते १२:५८ मा प्रकाशित

nepal u-16काठमाण्डु, १५ भदौ– नेपालको अण्डर–१६ टिमले थाइल्याण्डको अण्डर– १६ टिमसँग बराबरी खेलेको छ ।
थाइल्याण्डको फासद्धिन रंगशालामा आइतबार भएको खेलमा नेपाल र थाइल्याण्डले  ३(३ गोलको बराबरी खेलेका हुन् । नेपालका तर्फबाट कप्तान विमल घर्तीमगर, विकास थापा र  सुनिल बलले १–१ एक गोल गरे ।
अण्डर १६ च्याम्पियनसिपको तयारीका लागि नेपाली टोली थाइल्याण्ड गएको हो । नेपालले प्रतियोगिताको पहिलो खेलमा आगामी भदौ २२ गते उज्वेकिस्तानको सामना गर्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us