
पोखरा, १४ भदौ– सरकारले पोखरामा अन्तराष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि अध्ययन थालेको छ ।
युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले शनिबार पोखरा रगंशालाभित्र रहेको क्रिकेट मैदानको निरीक्षण गरे । निरीक्षणका क्रममा उनले भारत सरकारले पोखरामा अन्तराष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि सघाउने प्रतिबद्धता जनाएकोल निरीक्षणमा आएको बताए ।
उनले भारतीय लगानी आउने निश्चित भइसकको अवस्थामा जग्जा नमिले लगानी रोकिने सम्ने भन्दै सहयोग गर्न सबैलाई आग्रह गरे । ‘जग्गाको व्यवस्था भयो भने यही वर्ष मैदानको डिजाइन गरेर अर्को वर्षबाट निर्माण सुरु हुन्छ’, उनले भने ।
उनले क्रिकेट मैदान निर्माणका लागि जग्गा पुग्ने/ नपुग्नेबारे अध्ययन गरी एक साताभित्र प्रक्रिया सुरु गरिने उल्लेख गरे ।