सरकारले यू-१६ क्रिकेट टिमलाई ९ लाख पुरस्कार दिने

काठमाण्डु टुडे २०७१ भदौ १३ गते १२:३३ मा प्रकाशित

काठमाण्डु, १३ भदाै –    सरकारले एसीसी यू-१६ प्रिमियर च्याम्पियन नेपाली क्रिकेट टिमलाई ९ लाख पुरस्कार दिने निर्णय गरेको छ ।

U-16-cricket1मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले नेपाली टोलीका खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी १७ जनालाई पुरस्कारस्वरुप जम्मा नौ लाख दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री मिनेन्द्र रिजालले जानकारी दिए ।

मलेसियामा भएको प्रतियोगितामा सबै खेल जित्ने क्रममा नेपालले अन्तिम खेलमा घरेलु टोलीलाई ३२ रनले पराजित  जितेको थियो ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us