
काठमाण्डु, १२ भदौ नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दाशानायके आज नेपाल फर्कदै छन् ।
सरकारले एक वर्षका लागि पदावधि थप गर्ने निर्णय गरेपछि पुनः नेपाली क्रिकेटको जिम्मेवारी लिन पुवुदु नेपाल फर्कन लागेका हुन् ।
श्रीलङ्काली मुलका क्यानेडाली प्रशक्षिक पुवुदुको एक वर्षे कार्यकाल सरकारले गत असार १७ गते थपेको थियो । नेपाल क्रिकेट संघ क्यानले आर्थिक अभाव देखाउँदै दाशानायकेको करार नथपेपछि चौतर्फि दबाबका कारण सरकार आफैंले म्याद थपेको हो ।
२०११ को अगष्टमा नेपाल आएका दशानायकेको प्रशिक्षणमा नेपाली क्रिकेटले एसीसी ट्रफी जित्दै टि–ट्वान्टी विश्वकपसम्मको यात्रा तय गरेको थियो ।
नेपाल यतिबेला यसियाली खेलकुदको तयारीमा छ । राष्ट्रिय टोलीले दुई महिनापछि आईसिसि वल्र्ड क्रिकेट लिग डिभिजन तीन पनि खेल्नेछ ।