एन्फासँग निहुँ खोज्ने चार क्लबलाई प्रतिबन्ध

काठमाण्डु टुडे २०७१ भदौ ९ गते २:४१ मा प्रकाशित

काठमाण्डु, ९ भदौ– अखिल नेपाल फुटबल संघ एन्फाले आफूसँग गत वर्षको पुरस्कार र तयारीको बाँकी रकम माग गर्ने चार क्लबमाथि प्रतिबन्ध ANFAलगाएको छ ।
मछिन्द्र, हिमालयन शेर्पा, सरस्वती र फ्रेन्डस क्लब्लाई २०७१ सालभरि एन्फाको आयोजना र स्वीकृति पाएका कुनै पनि प्रतियोगिता खेल्न नपाउने गरी प्रतिबन्ध लगाइएको हो  ।

एकैपटक चारवटा क्लबमाथि कारबाही भएको यो नेपाली फुटबल इतिहासकै पहिलो घटना हो ।

एन्फाको काम कारबाहीसँग असहमत चार क्लबले वैशाखको सुरुआतमा क्लब समन्वय समिति गठन गर्दे गत वर्षको तयारी र पुरस्कार राशी नदिएसम्म एन्फाका कुनै कार्यक्रममा भाग नलिने निर्णय गरेका छन् ।
नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us