यू– १६ उपाधि विजेता टिमका सदस्यलाई जनही ५० हजार

काठमाण्डु टुडे २०७१ भदौ ६ गते १२:३३ मा प्रकाशित

U-16-cricket1काठमाण्डु, ६ भदौ– सरकारले मलेसियामा सम्पन्न एसीसी यू– १६ प्रिमियर क्रिकेटको उपाधि विजेता नेपाली टोलीका सदस्यहरुलाई प्रोत्साहनस्वरुप जनही ५० हजार दिने भएको छ ।

विजेता टोलीको सम्मानमा  नेपाल क्रिकेट संघ ‘क्यान’ ले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले उक्त पुरस्कार घोषणा गरेका हुन् । यसअघि क्यानले नेपाली युवा टोलीका प्रत्येक खेलाडीलाई २० हजार दिने घोषणा गरिसकेको छ ।

मलेसियामा भएको फाइनल खेलमा नेपालले मलेसियालाई ३२ रनले हराएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us