सप्तकोसीमा माछा मार्न निषेध

काठमाण्डु टुडे २०७१ भदौ ६ गते ८:०४ मा प्रकाशित

सुनसरी, ६ भदौ– कोसीटप्पु वन्यजन्तु आरक्षले सप्तकोसी नदीमा तीन महिनासम्म माछा मार्न रोक लगाएको छ ।

fising
आरक्षले माछाको प्रजनन अवधि असारदेखि भदौसम्मका लागि माछा मार्न निषेध गरेको हो । आरक्षका सूचना अधिकृत झोलार्इ चौधरीले यो समय माछा प्रजातिका लागि प्रजननको उपयुक्त समय भएकाले माछा मार्न रोकिएको जानकारी दिए ।

कोसीमा २०२ प्रजातिको माछा पाइने गरेको छ  । माछा मार्न निषेध गरिएपछि सप्तकोसीमा माछाको संख्या बढेको चौधरीले जनाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us