
काठमाण्डु, ५ भदौ– मलेसियामा सम्पन्न एसीसी यू-१६ प्रिमियर क्रिकेटको उपाधि जितेको नेपाली टोली आज स्वदेश फर्किएकाे छ ।
टोलीको अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
युवा खेलाडीको स्वागतका लागि नेपाल क्रिकेट संघ ‘क्यान’ का पदाधिकारीसहित क्रिकेट प्रेमी विमानस्थलपुगेका थिए । । बुधबार भएको फाइनलमा नेपालले मलेसियालाई ३२ रनले हराउँदै उपाधि चुमेको थियो ।