नेपालका अनिल खरेल होनहार खेलाडी घोषित

काठमाण्डु टुडे २०७१ भदौ ४ गते १०:०० मा प्रकाशित

काठमाण्डु, ४ भदौ– मलेसियामा सम्पन्न एसीसी यू९१६ प्रिमियर क्रिकेटमा नेपालका स्पिनर अनिल खरेल होनहार खेलाडी घोषित भएका छन् ।

Anil-kharel
नेपाललाई यू९१६ क्रिकेटमा पहिलो उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका १३ वर्षीय खरेल प्रतियोगिताको होनहार खेलाडी ‘मोस्ट प्रोमिसिङ प्लेयर’ घोषित भएका हुन् ।
अनिलले आइतबार ओमानविरुद्ध ६ विकेट लिएर सनसनी मच्चाएका थिए । उत्कृष्ट बलिङ गरेका उनले ६ ओभरमा १६ रन खर्चिएर ओमानका ६ जना व्याट्सम्यानलाई पभेलियन फर्काए ।
बलर अफ टुर्नामेन्ट पनि नेपालकै जितेन्द्रसिंह ठकुरी बनेका छन् ।
यस्तै मलेसियाका कप्तान वीरनद्विप सिंह व्याट्सम्यान अफ दि टुर्नामेन्ट र प्लेयर अफ दि दुर्नामेन्ट भए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us