प्रिमियर लिगमा चेल्सीको विजयी सुरुवात

काठमाण्डु टुडे २०७१ भदौ ३ गते ८:५५ मा प्रकाशित

काठमाण्डु, ३ भदौ – चेल्सीले इंगलिश प्रिमियर लिग फुटबलमा विजयी शुरुवात गरेको छ ।

cheगएराती भएको खेलमा चेल्सीले बर्न्लीलाई ३–१ ले हरायो । १४ औं मिनेटमा स्कट अर्फिल्डको गोलमा बर्न्लीले अग्रता लिएपनि त्यसपछि चेल्सीले लगातार ३ गोल गरेर खेल जित्यो ।

चेल्सीका डिएगो कोष्टाले १७ औं मिनेटमा बराबरी गोल गरे भने २१ औं मिनेटमा आन्द्रे सुर्लेले दोश्रो गोल गरे । चेल्सीका लागि अर्को गोल ३४ औं मिनेटमा ब्रानिस्लाभ इभानोभिकले गरे । जितसंगै चेल्सी पहिलो चरणको खेल सकिंदा ३ अंक सहित तालिकाको शीर्ष स्थानमा छ ।

यस्तै मैत्रीपूर्ण खेलमा स्पेनिश क्लब बार्सिलोनाले मेक्सिकन क्लब लियोनलाई हराएको छ । स्ट्राइकर लुइस सुआरेजले डेब्यू गरेको खेलमा बार्साले क्लब लियोनलाई ६–० को फराकिलो अन्तरले हरायो । बार्साको जीतमा नेयमार र मुनिर अल हद्दाबीले २/२ तथा लियोनेल मेस्सी र स्यान्ड्रो रामिरेजले एक/एक गोल गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us