
काठमाण्डु,२ भदौ – नेपालले १६ वर्षमुनिको एसिसी प्रिमियर क्रिकेटमा लगातार चौथो जित हाँसिल गरेको छ ।
प्रतियोगितामा अपराजित रहेको नेपालले सोमबार बहराइनलाई १ सय ८६ रनको विशाल अन्तरले पराजित गरेको हो । २ सय ३४ रनको लक्ष्य पछ्याएको बहराइनले २४ ओभर ४ बलमा मात्र ४७ रन बनाउन सक्यो ।
नेपालका अनिल खरेलले आज ८ रन दिएर ३ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४० ओभरमा ८ विकेट गुमाएर २ सय ३३ रन बनाएको थियो । नेपालका प्रनित थापाले नटआउट ७० र रवि चन्दले ३३ रन बनाए । प्रनित थापा म्यानअफ दि म्याच घोषित भए । जितसंगै ८ अंक जोडेको नेपाल तालिकाको शीर्ष स्थानमा कायमै छ ।
बुधबार हुने खेलमा नेपालले मलेसियालाई जिते वा बराबरी खेलेपनि नेपाल विजेता हुनेछ । ७ अंक सहित मलेसिया दोश्रो स्थानमा छ । यसअघि नेपालले प्रतियोगितामा थाइल्याण्ड, सिंगापुर र ओमानलाई पराजित गरेका थियो ।