नेपाली ‘फुच्चे’ को करामत

काठमाण्डु टुडे २०७१ भदौ २ गते २:२९ मा प्रकाशित

काठमाण्डु, २ भदौ –‘यो फुच्चेले नेपाली क्रिकेट टोलीको नाक राख्छ ’
fuchcheनेपाली यू–१६ क्रिकेट टोलीका सहायक प्रशिक्षक राजु बस्न्यातले केही समयअघि १३ वर्षीय ‘स्पिनर’ अनिल खरेलको खेल कौशलबारे प्रतिक्रिया दिँदै भनेका थिए ।
अनिलले प्रशिक्षकको विश्वासलाई सही सावित गरेर देखाएका छन् । मलेसियाको क्वालालाम्पुरमा जारी एसिसी यू–१६ प्रिमियर खेल क्रममा अनिलले तीन खेलमा ९ विकेट लिएका छन् । आइतबार ओमानसँगको खेलमा मात्रै उनले ६ विकेट लिएर सनसनी मच्चाए । ओमान नेपालका लागि खासै ठूलो प्रतिद्धन्द्धी होइन, खास गरी उमेर समूहको क्रिकेटमा ।

नेपालले छाडेको १ सय ६५ रनको लक्ष्य ओमानलाई पहाडजस्तै भइसकेको थियो । तर, झन्डै १७ ओभरसम्म नेपालले एउटै विकेट झार्न सकेन । यसबीच रोयल सेलन्गर क्लब मैदानमा ओमानले ४९ रन जोडिसकेको थियो। छटपटिको यो घडीमा उही ‘फुच्चे’ अनिलले खेलको नक्सै फेरिदिए ।

अनिलको देब्रे हात स्पिन बलिङ यस्तरी चल्यो ,ओमानको व्याट्री भिरबाट खसेजस्तै एकपछि अर्को खस्दै गयो । अनिलको ६ विकेटसँगै नेपलालले आमोनलाई १ सय २ रनले पराजित गर्‍यो ।
नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us