एसीसी यु –१६ क्रिकेट : नेपालको लगातार तेश्रो जित, ओमन १०२ रनले पराजित

काठमाण्डु टुडे २०७१ भदौ १ गते ६:०६ मा प्रकाशित

काठमाण्डु, १ भदौ–  १६ वर्षमुनिको एसिसी प्रिमियर क्रिकेटमा नेपालले ओमानलाई १ सय २ रनले हराएकाे छ ।

Nepal Under16 Cricket Teamरोयल सेलङ्गर क्लबमा नेपालले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको ओमान ६२ रनमा अलआउट भयो । नेपाललार्इ जिताउन म्यान अफ द म्याच अनिल खरेलले १६ रन खर्चेर ६ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४० ओभरमा १० विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । नेपालका लागि जितेन्द्रसिंह ठकुरीले सर्वाधिक नटआउट ३२ रन जोडेका थिए ।

प्रतियोगितामा यसअघि नेपालले थाइल्याण्डलाई १० विकेट र सिंगापुरलाई ४९ रनले पराजित गरेको थियो । प्रतियोगितामा नेपाल सहित मलेसिया, थाइल्याण्ड, सिंगापुर, ओमान, बहराइन सहभागी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us