
काठमाण्डु, ३० साउन – १६ वर्षमुनिको एसिसी प्रिमियर क्रिकेटमा नेपालले सिंगापुरलाई ४९ रनले पराजित गरेको छ ।
नेपालले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको सिंगापुरले अलआउट हुँदै ९४ रन मात्र बनाउन सक्यो । नेपाललाई दोश्रो जित दिलाउन पी सरफले १२ रन दिएर ४ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन बनाएको थियो । नेपालका कप्तान सुमित मर्हजन ४१ र प्रनित थापा ३२ रनमा नटआउट रहे ।
नेपालले बिहीबार थाइल्याण्डलाई १० विकेटले हराएको थियो । भदौ ४ गतेसम्म हुने प्रतियोगितामा नेपाल, सिंगापुर, थाइल्याण्ड, बहराइन, ओमान र मलेसियाले भाग लिएका छन् ।