शरद भेषवाकरले अमेरिकामा क्रिकेट खेल्ने

काठमाण्डु टुडे २०७१ साउन २९ गते ११:०५ मा प्रकाशित

काठमाण्डु, २९ साउन–  नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य एवं भरपर्दा ब्ययाट्सम्यान शरद भेषवाकर अमेरिकाको सिकागो शहरमा हुने स्थानीय प्रतियोगितामा भाग लिन त्यसतर्फ जाने भएका छन् । भेषावकर विहीबार बेलुकी अमेरिका प्रस्थान गर्नेछन् ।

saradअगष्टको अन्तिम हप्ता हुने प्रतियोगितामा भेषावकरले पञ्जाब लायन क्लवबाट खेल्ने छन् । लोभेश कालियाको स्वामित्वमा रहेको पञ्जाब लायन्समा पाकिस्तानका मोहम्मद स्यामी, शब्बिर अम्मेद र वेष्ट इन्डिजका मर्भिन डिलियनजस्ता अन्तर्राष्ट्रिय स्तरका खेलाडी पनि रहेका छन् ।

सिकागोमा हुने स्थानीय प्रतियोगितासँगै भेषावकरले बिदाको समयमा नर्थ हेक्सास लिगमा खेल्ने छन् । भेषवाकरले उक्त प्रतियोगितामा खेल्ने अवसर नेपालका अर्का खेलाडी राकेश कर्णमार्फत पाएका हुुन् । कर्णले यस अघिदेखि नै यो क्लबबाट खेल्दै आएका थिए । प्रतियोगितापछि भेषावकर सेप्टेम्बरको दोस्रो हप्ता नेपाल फर्कने छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us