एसीसी यु–१६ मा नेपालको विजयी सुरुआत

काठमाण्डु टुडे २०७१ साउन २९ गते ६:१३ मा प्रकाशित

काठमाण्डु, २९ साउन–मलेसियाको क्वालालाम्पुरमा सुरु एसीसी यु–१६ प्रिमियर क्रिकेटमा नेपालले विजयी सुरुआत गरेको छ ।

बिहीबार बिहान भएको खेलमा थाइल्यान्डलाई १० विकेटले पराजित गर्दै नेपालले विजयी सुरुआत गरेको हो । थाइल्याण्डले दिएको ४९ रनको लक्ष्य नेपालले बिनाकुनै विकेटको क्षतिमा ६।१ ओभरमा भेट्टायो ।

४९ रनको झिनो लक्ष्य पछ्याउने क्रममा नेपालका लागि सुमित महर्जनले २५ र रवी चन्दले १६ रन जोडे । थाइल्याण्डलार्इ सस्तैमा समेट्ने क्रममा नेपाली स्पिनर जितेन्द्रसिंह ठकुरी एक्लैले ६ ओभरमा ३ रनको क्षतिमा ५ विकेट लिए ।
एसियाली क्रिकेट परिषद्ले टेस्ट नखेल्ने राष्ट्रमध्ये उमेर समूहमा उत्कृष्ट ६ टोलीबीच पहिलोपटक राउन्ड रोविङका आधारमा प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगितामा नेपालसँगै मलेसिया, ओमान, सिङ्गापुर, बहराइन र थाइल्यान्डको १६ वर्ष मुनिका खेलाडी टिम सहभागी हुनेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us