एसिएन गेम्सका लागि पारसको नेतृत्वमा १५ सदस्यीय टोली घोषणा

काठमाण्डु टुडे २०७१ साउन २८ गते १३:२० मा प्रकाशित

काठमाण्डु, २८ साउन– दक्षिण कोरियामा हुने १७ औं एसिएन गेम्समाका लागि १५ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ ।
parash khadkaनेपाल क्रिकेट संघ क्यानले पारस खड्काको कप्तानीमा टोली घोषणा गरेको हो । बन्द प्रशिक्षणमा रहेका १९ मध्येबाट १५ सदस्यीय टोली घोषणा भएको हो । उपकप्तानमा ज्ञानेन्द्र मल्ललाई हटाएर भुवन कार्कीलाई राखिएको छ ।
टोलीमा पर्नेमा शरद भेसवाकर, सुवास खकुरेल शक्ति गौचन, सागर पुन, विनोद भण्डारी, सोमपाल कामी र मेहबुब आलम, वसन्त रेग्मी, जितेन्द्र मुखिया, प्रदीप ऐरी, रामनेरश गिरी र नरेश बुढायर छन् ।
यस्तै रोजगारीका लागि जापान गएका राजकुमार प्रधानसहित राहुल विक, पुष्प थापा र मञ्जित श्रेष्ठ वैकल्पिक खेलाडीमा छन् । यस्तै महिलातर्फ रविना क्षेत्रीको कप्तानीमा १५ सदस्यीय टोलीको पनि बुधबारै घोषणा भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us