क्रिकेटको बन्द प्रशिक्षण आजदेखि

काठमाण्डु टुडे २०७१ साउन २८ गते ४:१५ मा प्रकाशित

काठमाण्डु, २८ साउन– दक्षिण कोरियाको इन्चोनमा हुने १७ औं एसियाली खेलकुद अन्र्तगत क्रिकेट टोलीको लागि आजदेखि राजधानीमा बन्द nepali-cricket-players-in-dubaiप्रशिक्षण शुरु हुदै छ ।
प्रशिक्षणमा १९ सदस्यीय प्रारम्भिक टोली सहभागि हुने नेपाल क्रिकेटसंघ क्यानले जनाएको छ । यसैबीच राष्ट्रिय क्रिकेट टोलीका भेट्रान स्पिनर राजकुमार प्रधान बन्द प्रशिक्षण छाडेर फेरि विदेश गएका छन् ।
प्रारंम्भिक टोलीमा राजकुमारको नाम पनि छ । वैदेशिक रोजगारीका लागि राजकुमार शुक्रबार नै जापान गएको बुझिएको छ ।
प्रधानले क्रिकेट संघ र नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्कालाई आफू व्यक्तिगत कारणले क्याम्पमा आउन नसकेको जनाएका थिए ।

३८ वर्षे राजकुमार तीनपटक वैदेशिक रोजगारीका लागि कतार गएर लामो बसाइपश्चात स्वदेश फर्किएर पुन: राष्ट्रिय टोलीमा पुनरागमन गर्न सफल भएका थिए ।

सन् २००० मा दोस्रोपटक कतार गएर फर्किएपछि २००१ मा क्यानडामा भएको आईसीसी ट्रफीमा उनलाई पहिलोपटक राष्ट्रिय टोलीमा राखिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us