विश्वकपका हस्तीहरु धमाधम सन्यास लिँदै

काठमाण्डु टुडे २०७१ साउन २७ गते २:०४ मा प्रकाशित

काठमाण्डु, २७ साउन– विश्वकप फुटबल प्रतियोगिता सकेको एक महिनाभित्र चर्चित अन्तर्राष्ट्रिय फुटबलरको एकपछि अर्को गरी सन्यासको घोषणा mirosगरिरहेका छन् ।
तीन दिनको अन्तरमा तीनै स्टार खेलाडीले अन्तर्राष्ट्रिय खेलजगतबाट बुट थन्क्याएका छन् । आइभरी कोस्टका डिडिएर ड्रोग्बा र फ्रान्सका मिडफिल्डर नासिर सामरीले दुई दिनको अन्तरमा सन्यास लिए ।
अब सन्यास लिने पालो जर्मन स्ट्राइकर मिरोस्लोभ क्लोजको रह्यो । विश्वकप फुटबलकै सर्वाधिक गोलकर्ताको नाम आफ्नो पक्षम राखेका क्लोजले सोमबार सबैखाले अन्तर्राट्रिय फुटबलबाट नाता तोडेको जनाउँदै सन्यासको घोषणा गरेका छन् ।
गत महिना ब्राजिलमा सम्पन्न विश्वकपमा क्लोजले विश्वकपकै सर्वाधिक १६ गोलको कीर्तिमान राखेका थिए । उनले ब्राजिलका रोनाल्डोको नाममा रहेको १५ गोलको रेकर्ड तोडेका थिए । चार विश्वकपमा सहभागिता जनाउँदै गोल गर्ने उनी तेस्रा फुटबलर हुन् ।

पेले र सिलेरले मात्रै चारै विश्वकपमा गोल गरेका थिए । पोल्याण्डमा जन्मेका क्लोजले सन् २००२ र २००६ मा विश्वकपमा समान पाँच गोलगरेका थिए ।
सन् २०१० को विश्वकपमा उनले ४ गेल गरे । ब्राजिलको विश्वकपमा उनी २ गोल गर्न सफल गरे । राष्ट्रिय टोलीबाट उनले १३७ पटक खेल्दा सर्वाधिक ७१ गोल गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us