विमलको गोलले एण्डरलेक्ट जित्यो

काठमाण्डु टुडे २०७१ साउन २५ गते १०:१८ मा प्रकाशित

काठमाण्डु, २५ साउन – नेपाली युवा स्ट्राइकर विमल घर्तिमगरको गोलमा बेल्जीयमको फुटबल क्लब एण्डरलेक्ट एकेडेमीले जित हात पारेको छ ।

bimalआइतबार भएको खेलमा एण्डरलेक्टले गाइनोडविरुद्ध २–० ले जितेको थियो ।

विमल एण्डरलेक्ट एकेडेमीमा एक बर्षका लागि अनुबन्धित भएका छन् । एण्डरलेक्टको जितमा विमलसँगै विड फिसले गोल गरे ।

कोपा डेल अगाथामा विमलको यो दोस्रो गोल हो । उसअघि उनले एफसी कोपनहेगनविरुद्ध गोल गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us