चौथो टेष्टमा भारतको लज्जास्पद हार

काठमाण्डु टुडे २०७१ साउन २५ गते ९:०६ मा प्रकाशित

काठमाण्डु, साउन २५ – इंगल्याण्ड विरुद्धको चौथो टेष्टमा भारतले लज्जास्पद हार बेहोरेको छ ।

bharatम्यानचेष्टरमा भएको चौथो टेष्टमा पाहुना टोली भारत एक इनिङ र ५४ रनले पराजित भएको हो ।

भारत १ सय ५२ रनमा समेटिएपछि पहिलो इनिङका लागि व्याटिङ थालेको इंगल्याण्डले ३ सय ६७ रन जोड्यो । इंगल्याण्डले दुई सय १५ रनको अग्रता लिएपछि आफ्नो दोस्रो इनिङ थालेको भारत १ सय ६१ रनमा समेटियो । भारतका रविचन्द्रन आश्विनले सर्वाधिक ४६ रनको योगदान दिए ।

भारत विरुद्ध पहिलो इनिङमा ६ विकेट लिएका इंगल्याण्डका स्टुवार्ट ब्रोड व्याटिङको क्रममा घाइते भएपछि भारतविरुद्ध दोस्रो इनिङमा मैदान उत्रिन सकेनन् । जितसंगै पाँच म्याचको श्रृङ्खलामा इंगल्याण्डले २–१ को अग्रता लिएको छ ।

इंगल्याण्डले साउथह्याम्पटनमा भएको तेस्रो टेष्ट २ सय ६६ रनले जितेको थियो । लड्समा भएको दोस्रो टेष्ट भने भारतले ९५ रनले जितेको थियो भने पहिलो टेष्ट बराबरीमा सकिएको थियो । यी दुईबीचको पाचौं तथा अन्तिम टेष्ट साउन ३० गते शुरु हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us