एसिसी प्रिमियरका लागि १४ खेलाडी छनोट

काठमाण्डु टुडे २०७१ साउन २३ गते १२:३४ मा प्रकाशित

काठमाण्डु, २३ साउन– मलेसियामा साउन २९ गते शुरु हुने १६ वर्षमुनिको एसिसी प्रिमियर क्रिकेटका लागि नेपाल क्रिकेट संघ क्यानले १४ जना खेलाडी छनोट गरेको छ ।

सुमित महर्जनको कप्तान र आशिफ शेख उप–कप्तान रहेको टोलीका सदस्यहरुमा प्रनित थापा, सुशान्त सिंह थापा, पवन शरार्फ, जितेन्द्र सिंह ठकुरी, रवीन्द्र शाही, रविकुमार शाह रहेका छन् ।

त्यसैगरी रवि चन्द, आशिष पोखरेल, विजय चौधरी, अनिल खरेल, रिजन ढकाल र रोशन अधिकारी पनि टोलीमा परेका छन् ।

प्रतियोगिताको बन्द प्रशिक्षणमा रहेका १८ जनामध्येबाट १४ जना खेलाडी चयन गरिएको क्यानले शुक्रबार विज्ञप्ति निकालेर जनाएको छ ।

मलेसियामा साउन २९ देखि भदौ ४ गतेसम्म हुने प्रतियोगितामा सहभागी हुन नेपाली टोली  साउन २६ गते त्यसतर्फ जाँदैछ ।

नेपाली टोलीको प्रशिक्षकमा वसन्त शाही र सहायक प्रशिक्षकमा राजु बस्न्यात छन् भने रञ्जित तामाङ टिम म्यानेजर रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us