
काठमाण्डु, २१ साउन– नेपाल क्रिकेट संघ ‘क्यान’ ले साउन अन्तिम साता मलेसियामा हुने यु–१६ प्रिमियर लिग क्रिकेट प्रतियोगिताक लागि १८ खेलाडी छनौट गरेको छ ।
पहिलो चरणमा बन्द प्रशिक्षणमा रहेका २७ जनाबाट १८ जना खेलाडी छानिएको क्यानले जनाएको छ । क्यान सदस्य रञ्जित तामाङले शुक्रबारसम्ममा १४ खेलाडीको अन्तिम नामावली सार्वजनिक गरिने जानकारी दिए ।
उनका अनुसार सुमित महर्जन, आसिफ शेख, प्रनित थापा, सुशान्तसिंह थापा, पवन सर्राफ, जितेन्द्रसिंह ठकुरी, रवीन्द्र, रवीकुमार शाह, रवी चन्द, आशिष पोखरेल, विजय चौधरी, अनिल खरेज, समुन घिमिरे, रवीन सिंह, अमन पन्थी, रिजन ढकाल, रोशन अधिकारी र सुरज बेहोराको नाम छनोटमा परेको हो ।
कप्तानमा सुमित महर्जन र उपकप्तानमा आसिफ शेख रहने प्रशिक्षक राजु बस्न्यातले बताए ।