४ क्लवलाई एक वर्षको प्रतिबन्ध लगाउने एन्फाको चेतावनी

काठमाण्डु टुडे २०७१ साउन २० गते १२:२४ मा प्रकाशित

काठमाण्डु, २० साउन–  अखिल नेपाल फुटबल संघ एन्फाले चार वटा ए डिभिजन क्लवहरु मच्छिन्द्र, फ्रेण्ड्स, हिमालयन शेर्पा र सरस्वती क्लवलाई एक वर्ष प्रतिबन्ध लगाउने चेतावनी दिएको छ ।

anfaएन्फाको कार्यकारिणी समितिको बैठकका निर्णय सार्वजनिक गर्न आयोजिन पत्रकार सम्मेलनमा एन्फा अध्यक्ष गणेश थापाले यी चार वटा क्लवसँग यसअघि सोधिएको स्पष्टिकरण चित्त बुझ्दो नभएकाले अन्तिम स्पष्टिकरण सोधिएको र त्यसको चित्त बुझ्दो जवाफ नआए एक वर्षको प्रतिबन्ध लगाउने चेतावनी दिनु भएको हो  ।

यी क्लवले गएको वर्ष भएका प्रतियोगिताको पुरस्कार रकम र तयारी खर्च एन्फाले नदिएको भन्दै गत बैशाखमा आफूहरुले पाउनु पर्ने रकम नपाएसम्म एन्फाले आयोजना गर्ने कुनै पनि कार्यक्रममा सहभागी नहुने निर्णय गरेका थिए । क्लवहरुले यस्तो निर्णय जानकारी गराएपछि एन्फाले उनीहरुलाई स्पष्टिकरण सोधेको थियो ।

पटक पटक सोधिएका स्पष्टिकरणबाट उनीहरुले एन्फाको कार्यक्रम बहिस्कार गर्नुको चित्त बुझ्दो कारण पाउन नसकेको भन्दै अध्यक्ष थापाले अन्तिम पटक स्पष्टिकरण सोधिएको र त्यसको पनि चित्त बुझ्दो जवाफ नआएमा एक वर्ष प्रतिबन्ध लगाउनु चेतावनी दिएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us