मौसमका कारण क्रिकेटको तयारी प्रभावित

काठमाण्डु टुडे २०७१ साउन १८ गते १२:५७ मा प्रकाशित

काठमाण्डु, १८ साउन–  खराब मौसम र व्यवस्थापकीय कमजोरीका कारण नेपाली  क्रिकेट टोलीले राम्रोसंग तयारी गर्न सकेको छैन ।

एशियाली खेलकुद प्रतियोगिता एशियाडका लागि १९ जनाको प्रारम्भिक टोलीको घोषणा गरेपनि मौसममा आएको खराबीका कारण आफूहरु मैदानमा जान नपाएको क्रिकेटरहरुले बताएका छन् ।

नेपाल क्रिकेट संघले व्यवस्थापकीय कमजोरी र आर्थिक समस्या देखाएपछि आफूहरु राम्रोसंग तयारीमा लाग्न नपाएको नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले बताए ।

यसैबीच लामो समयदेखि क्यानलाई दिंदै आएको सहयोग रोकेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले एक/दुई दिनभित्र सहयोग उपलब्ध गराउने भएको छ । क्यानको व्यवस्थापकीय क्षेत्रको सुधारका लागि दबाब दिन आइसिसीले क्यानलाई दिंदै आएको सहयोग रोकेको थियो ।

क्यानका उपाध्यक्ष केशव घिमिरेले अबको एक दुईदिन भित्र ७७ हजार अमेरिकी डलर सहयोग आइपुग्ने जानकारी दिए । उनले एसियाडपछि विदेशमै गएर डिभिजन थ्रीको तयारी गरिने बताए । एसियाड सेप्टेम्बर १९ देखि दक्षिण कोरियामा र डिभिजन थ्री अक्टोबर २६ गतेदेखि अफ्रिकाको युगाण्डामा हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us