बेल्जियममा पनि चम्किए विमल घर्तीमगर

काठमाण्डु टुडे २०७१ साउन १७ गते २:४२ मा प्रकाशित

काठमाण्डु, १७ साउन–नेपाली फुटबल टोलीका युवा स्ट्राइकर विमल घर्तीमगरले बेल्जियमको एन्डरलेच्ट क्लवका एकेडेमीमा सशक्त उपस्थिति bimal ghartiदेखाएका छन् । बेल्जियमको पहिलो डिभिजनमा क्लब एन्डरलेच्टको यु–१७ टोलीका लागि शुक्रबार उनले दुई गोल गरे ।

हुसगास्ट्रेनका यु–१९ टोलीसँग भएको मैत्रीपूर्ण खेलमा एन्डरलेच्टका किशोर टोली २–१ गोलले विजयी हुँदा दुबै गोल विमलले गरेका थिए । ‘धेरै राम्रो खेल भयो । मैले सक्दो राम्रो मिहेनत गरेको थिएँ । म हरेक दिन नयाँनयाँ कुरा सिकिरहेको छु’ विमलले भने ।
प्रशिक्षणका क्रममा प्रभाव देखाएपछि एन्डरलेच्टले केही समयअघि एक वर्षका लागि विमललाई आफ्नो एकेडेमीमा अनुबन्ध गरेको थियो । विमल केही साताअघि मात्र क्लबमा भर्ना हुन त्यसतर्फ गएका थिए ।

उनी भदौ ५ गते नेपाल फर्कने छन् । एसियाली फुटबल महासंघ यु–१६ च्याम्पिएनसिपमा सहभागी हुन विमल स्वदेश फर्कन लागेका हुन् । विमल यु–१६ नेपाली फुटबल टोलीका कप्तान हुन् । विमलकै उत्कृष्ट प्रदर्शनमा नेपाल यो प्रतियोगिताका लागि छनोट भएको थियो । आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us