तेस्रो टेस्टमा इंग्ल्याण्डसँग भारत पराजित

काठमाण्डु टुडे २०७१ साउन १५ गते १३:०६ मा प्रकाशित

काठमाण्डु , १५ साउन – भारत विरुद्धको तेस्रो टेष्ट क्रिकेटमा इंग्ल्याण्ड विशाल अन्तरले विजयी भएको छ ।

test cricket ballभारतलाई २ सय ६६ रनले हराउँदै इंग्ल्याण्डले पाँच टेष्टको श्रृङ्खला १–१ को बराबरीमा पुर्‍याएको छ ।

इंग्ल्याण्डले दिएको ४ सय ४५ रनको लक्ष्य पछ्याएको भारत १ सय ७८ रनमा सीमित भयो ।

अन्तिम दिन विहीबार ४ विकेटको क्षतिमा १  सय १२ रनबाट खेल थालेको भारतले थप ६६ रन मात्रै बनाउन सक्यो । उसका लागि अजिन्क्य रहाणेले नटआउट ५२ रन बनाउनु बाहेक अरुले राम्रो प्रदर्शन गर्न सकेनन् ।

इंग्ल्याण्डलाई विशाल रनको अन्तरले जिताउने क्रममा मोइन अलीले सर्वाधिक ६ विकेट लिए ।

इंग्ल्याण्डले पहिलो पारीमा ५ सय ६९ र दोस्रो पारीमा २ सय ५ रन बनाएको थियो । दुई देशबीचको पहिलो टेष्ट बराबरीमा सकिएको थियो भने दोस्रो टेस्ट भारतले जितेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us