
काठमाण्डु – आफ्नै छोराले ‘मोटी’ उपनाम दिएर खिसिट्युरी गरेपछि आमाले तौल घटाएकी छिन् ।
२८ वर्षीया बेलायती रिबेका नेलसनको तौल १०० केजी थियो । ७ वर्षीय छोराले गिज्याएपछि जिमखाना गएर नेलसनले ६० केजीमा झारेकी छिन् ।
छोराको प्रतिक्रियाले आफ्नो जीवनशैलीमा परिवर्तन ल्याएको उनले स्विकारेकी छिन् ।
छोराको प्रतिक्रियाले उनको आँखामा आँशु झारेको सम्म खुलासा गरेकी छिन् । तर छोराको अगाडी हाँस्दै उनले तौल घटाएको उनले बताइन् ।
गर्भवतीहुँदा पौष्टिक तत्वहरु बढि प्रयोग गर्दाे तौल ह्वात्तै बढेको उनको भनाइ छ ।
वैशमा सुन्दरी नेलसनको तौल आफ्नै छोराहरुले घटाउन प्रेरित गरेर फेरि १६ वर्षे वैशमा फर्काइदिएकोमा छोराहरुप्रति धन्य बनेकी छिन् ।