
काठमाण्डु– ‘किक स्टार’ सलमान खानले मुस्लिम समुदायको पवित्र चाड ‘इद’को अवसर पारेर १ सय बच्चाको उपचार खर्च व्यहोरेका छन् ।
रोगले थलिएर उपचार खर्च नभई छट्पटाई रहेका मुटु रोगका बिरामीलाई सलमानले उपचार गरिदिने सुक्ष्म ब्लगिङ्ग सञ्जाल ट्वीटरमार्फत घोषणा गरेका हुन् ।
‘बिइङ्ग ह्युम्यान’ सामाजिक संस्था खोलेर सिमान्तकृत समुदायलाई सहयोग गरिरहेका सलमानले सर्वसाधारणको हितमा काम गरेको यो पहिलो भने होइन ।