भाइरसका कारण फुटबलमा रोक

काठमाण्डु टुडे २०७१ साउन १४ गते ६:५८ मा प्रकाशित

काठमाण्डु, १४ साउन – अफ्रिकी मुलुक लाइबेरियाले घातक इबोला भाइरसको महामारी फैलिएपछि फूटबलसंग सम्बन्धित सबैखाले गतिविधिमा रोक लगाएको छ ।

भाइरस फैलिनबाट रोक्ने प्रयास स्वरुप फुटबलसंग सम्बन्धित गतिविधिमा रोक लगाइएको त्यहाँको फूटबल संघले जनाएको छ । फुटबलमा एक व्यक्ति अर्कोको सम्पर्कमा आउने र उनीहरुमा आउने पसिनाका कारण सजिलै रोग फैलिन सक्ने सम्भावना देखिएकाले फूटबलमा रोक लगाइएको लाइबेरियाली फूटबल संघका अध्यक्ष मुसा हसन बिलिटीले बताएका छन् ।

उनले खेलका बेला समर्थकको पनि भिड लाग्ने र रोग फैलिन सक्ने जोखिम भएकाले खेलाडी मात्रै नभई समर्थकको सुरक्षालाई पनि ध्यानमा राखी यस्तो निर्णय गरिएको बताए ।

अध्यक्ष बिलिटीले अगस्ट र सेप्टेम्बरमा लाइबेरियाका लागि तय भएको भ्रमण रद्ध गर्न विश्व फूटबल महासंघलाई पनि आग्रह गरिएको बताए । इबोला भाइरसका कारण लाइबेरियामा १ सय २९ जनाको ज्यान गइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us