
काठमाण्डु, १२ साउन– नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुवुदु दसानायके नेपाल फर्कने भएका छन् ।
पुबुदु अगस्ट तेश्रो साता नेपाल आउने मनस्थितिमा छन् । पुवुदुलाई युवा तथा खेलकुद मन्त्रालयले नेपाल फर्कन केही साताअघि पत्राचार गरेको थियो ।
नेपाल क्रिकेट संघ (क्यान) ले आर्थिक अभाव देखाएर करार अवधि नथपेपछि श्रीलंकाली मुलका क्यानेडियन नागरिक पुवुदु गत महिना स्वदेश फर्किएका थिए ।
युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलको प्रस्तावमा मन्त्रिपरिषदले दुई साताअघि सबै खर्च व्यहोर्ने गरी नेपाल बोलाएका थियो ।