
काठमाण्डु – बलिउड ‘पर्फेक्सननिष्ट’ आमिर खानले भाषा परिवर्तन गर्ने भएका छन् ।
निर्देशक राजकुमार हिरानी निर्देशित नयाँ चलचित्र ‘पी के’मा भोजपुरी बोल्ने भएका हुन् । खबरअनुसार उनले भोजपुरी सिक्नलाई एक ‘ट्युटर’ राखेका छन् ।
रमाइलो के भने उनले आजकल कामदार , परिवार, कलाकार र साथीसँग पनि भोजपुरीमा नै कुराकानी गर्ने गरेका छन् ।
केही वर्ष अघि उनले हरेक वर्ष नयाँ विधा सिक्ने अठोट गरेका थिए ।
सोहिअनुरुप उनले मराठी , तैराकी सिकिसकेका छन् । अहिले भोजपुरी सिक्दैछन् ।