डेढ क्विन्टल सुर्ती बरामद

काठमाण्डु टुडे २०७१ साउन १२ गते ७:४२ मा प्रकाशित

गौशाला, १२ साउन – महोत्तरी प्रहरीले जिल्ला सदरमुकाम जलेश्वर नगरपालिकाको वडा नं १२ मलिवारामा बेवारिसे अवस्थामा डेढ क्विन्टल सुर्ती बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट सोमबार बिहान सीमा गस्तीका लागि गएका विशेष प्रहरी टोलीले जलेश्वर–१२ मलिवारास्थित बाटोमा दुई वटा साइकलमाथि छ वटा बोरामा लोड गरिएको अवस्थामा १५० किलोग्राम सुर्ती बरामद गरेको प्रहरी निरीक्षक इकवाल हवाडीले जानकारी दिए ।

भन्सार छली भारतबाट अवैध रुपमा चोरी तस्करी गरेर नेपाल भित्र्याइएको अवस्थामा प्रहरीले बरामद गरेको प्रहरी निरीक्षक हवाडीले बताए ।

बरामद गरेको सुर्ती आवश्यक कारबाहीका लागि जिल्लाको मुख्य भन्सार भिट्ठामोडमा बुझाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us