सुन तस्करीमा संलग्न विद्यार्थी पक्राउ

काठमाण्डु टुडे २०७१ साउन १० गते १०:०० मा प्रकाशित

जनकपुर, १० साउन– सुन तस्करीमा संलग्न एक विद्यार्थीलाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।
काठमाण्डुको किङ्स कलेजमा बीबीएमा अध्ययनरत खम्बिर रौल्यालाई सुनसहित पक्राउ गरिएको हो ।

काठमाण्डुबाट धरान जाँदै गरेको ना४ख ६०९८ नम्बरको बसमा यात्रारत उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाको विशेष टोलीले पोर्ताहा खण्डबाट १० टुक्रा सुनसहित पक्राउ गरेको हो ।

बझाङ मेलविसौनी गाविस–४ का २१ वर्षीय रौल्याबाट बरामद गरिएको सुनको मूल्य चार करोड ८० लाख पर्ने बताइएको छ । रौल्याले यसअघि दुईपटक सुन तस्करीको कार्य गरेको जिल्ला प्रहरी प्रमुख उत्तमराज सुवेदीले बताए । उनले जुत्ता, शरीर र मदिराको खोलमा लुकाएर सुन लगेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us