
काठमाण्डु, १० साउन – इजरायल इजरायल र हमास बिद्रोही संगठन १२ घण्टा युद्धबिराम गर्न सहमत भएका छन् । अधिकारीहरुका अनुसार स्थानीय समय अनुसार आज ८ बिहान ८ बजेदेखि युद्धबिराम सुरु हुने छ ।
यस अघि अमेरिकी विदेशमन्त्री जोन केरीले इजरायल र हमासबिद्रोहीलाई कम्तीमा ७ दिन युद्धबिराम गर्न आग्रह गरेका थिए । १२ घण्टा युद्ध बिराम गर्न सहमत भएपछि दुई पक्षलाई युद्धबिरामको समय लम्ब्याउने प्रयास भने जारी रहेको अधिकारीहरुको भनाई छ ।
अमेरिकी विदेशमन्त्री केरीले आँफुहरुसंग बार्ताका लागि आधारभूत कुराहरु तयारी अवस्थामा रहेको र सोही अनुरुप दुबै पक्षलाई सहमतिका लागि आग्रह गरिने जानकारी गराएका छन् ।
युद्धबिरामबारे इजरायल सरकारको आधिकारिक धारण सार्वजनिक नभए पनि त्यहाँका मिडियाहरुले युद्धबिरामका लागि सरकार सहमत भएको खबर प्रकाशन गरेको बिबिसीले जनाएको छ ।