१० केजी सूनसहित एक युवा पक्राउ

काठमाण्डु टुडे २०७१ साउन ९ गते १३:२२ मा प्रकाशित

काठमाण्डु , ९ साउन –  धनुषाको पोर्ताहामा विशेष सुराकीको आधारमा एक युवालाई दशकेजी सूनसहित पक्राउ परेका छन्।

goldकाठमाण्डुबाट धरानका लागि छुटेको ना ४ ख ६०९८ नम्बरको न्यु कोशी सुपरबाट मेलविसौना १ बझागका २१ वर्षीय खम्बिर रौले सुनसहित पक्राउ परेका हुन्।

रौलेको साथबाट १० हजार रुपैया, एकथान मोबाइलसमेत बरामद् गरेको जिल्ला प्रहरी कार्यालय धनुषाको प्रहरी निरीक्षक(प्रनि) गोविन्द पूरीले फोनमार्फत जानकारी दिए।

प्रनि पूरीका अनुसार उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाको विशेष टोलीले सुराकीको आधारमा पक्राउ गरेको हो। उनले सुन धरान ल्याउँदै गरेको बुझिएको छ।

हाल थप अनुसन्धान भइरहेको प्रनि पूरीले बताए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us