फिफाका उत्कृष्ट ११ खेलाडी

काठमाण्डु टुडे २०७१ साउन ८ गते ११:२८ मा प्रकाशित

काठमाण्डु, ८ साउन – ब्राजिलमा सम्पन्न विश्वकप फुटवलको प्रदर्शनको आधारमा छनोट गरिएको उत्कृष्ट ११ खेलाडीमा जर्मनी र ब्राजिलका ४/४ परेका छन् ।

dream teamत्यसैगरी अर्जेन्टिनाका २ र कोलम्बियाका १ छानिएका छन् । विश्व फुटवल महासंघ फिफाको वेवसाइट फिफा डटकमका क्लब सदस्यहरुले जुन महिनाको २७ देखि जुलाईको १३ तारेखसम्मको खेलको आधारमा ड्रिम टिमको छनोट गरेका थिए ।

सबै क्लब सदस्यहरुको रोजाईलाई एकीकृत गरी ड्रिम टिम सार्वजनिक गरिएको हो ।  ड्रिम टिममा जर्मन गोलकिपर म्यानुअल निउर, डिफेन्डर म्याट्स ह्युमेल्स, मिडफिल्डर टोनी क्रुस र स्ट्राइकर थोमस मुलर परेका छन् ।

त्यसैगरी प्रशिक्षकमा पनि जर्मन प्रशिक्षक जोचिम लो छानिएका छन् । ड्रिम टिममा ब्राजिलका पनि चार जना खेलाडी परेका छन् । कप्तान डिफेन्डर थिएगो सिल्भा, डेविड लुइज र मार्सेलो अनि स्ट्राइकर नेयमार परेका छन् ।

त्यसैगरी अर्जेन्टिनाका स्ट्राइकर लियोनेल मेसी र मिडफिल्डर एन्जेल डि मारिया पनि ड्रिम टिममा परेका छन् ।

गोल्डेन बुट विजेता कोलम्बियाका जेम्स रोड्रिगेज पनि ड्रिम टिममा छन् । ड्रिम टिममा पर्न सफल खेलाडीलाई बिभिन्न पुरस्कारको पनि ब्यवस्था गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us