बलिउडकी महङ्गी अभिनेत्री दीपिका, पारिश्रमिक १० करोड

काठमाण्डु टुडे २०७१ साउन ८ गते ९:०२ मा प्रकाशित

काठमाण्डु – दीपिका पादुकोण बलिउडको सबैभन्दा महङ्गी अभिनेत्री बनेकी छिन् । उनले आफ्नो पारिश्रमिक १० करोड तोकेकी छिन् ।

Deepika-Padukoneदीपिका अभिनित चलचित्र एकपछि अर्को गर्दै १०० करोड क्लबमा इन्ट्री गरेका कारण उनको पारिश्रमीक र माग बढेको हो ।

महङगा अभिनेत्रीको दौडमा उनले कैटरीना , करीना , प्रीयंकालाई पछि पारेकी छिन् । उनीहरुले एउटा चलचित्रमा अभिनय गरेवापत ५ –६ करोड लिने गरेका छन् ।

दीपिकाले आफू अभिनित सुपरहिट चलचित्र ‘रामलीला’ का निर्माता सञ्जयलीला भन्सालीसँग नयाँ चलचित्र ‘ बाजीराव मस्तानी’ मा ८ करोड माग गरेकी छिन् ।

सञ्जयको यो चलचित्रका लागि दीपिकाले करण जौहरको ‘शुद्धी’ मा खेल्न इन्कार गरेकी थिइन् ।

दीपिकाले आफ्नो पारिश्रमिक कती बढाउँदै जानेछिन् भन्ने अहिले सबैको चासो बनेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us