९० वर्षीय ‘सेक्स गुरु’ यौनसन्तुष्टिको तरीका सिकाउँदै

काठमाण्डु टुडे २०७१ साउन ८ गते ६:४३ मा प्रकाशित

काठमाण्डु – पेशाले चिकित्सक ९० वर्षीय महेन्द्र वत्स विख्यात ‘सेक्स गुरु’ले कयौं मानिसको जीवनमा खुसी थपेका छन् ।

sexप्रख्यात अखबारका स्तम्भकार महेन्द्रले ५० वर्ष अघिदेखि पुरुष र महिलाको यौन समस्याको डर दुर गरिदिएका छन् ।

‘कामसुत्र’ जस्तो यौनका विषयमा बृहत ज्ञान दिने पुस्तक बजारमा भएपनि संसारमा आधा मानिस यौनकलाका बारेमा जानकार छैनन् ।

साथै, धेरैले यसलाई बाहिर ल्याउन नचाहने र उपचार गराउन पनि अग्रसर नहुने उनको ठहर छ ।

उनले समस्यामा परेकाले सोधेका प्रश्नको जवाफ चोटिलो पारामा दिने गरेका छन् । जसले उसको आधा रोग पढ्दा पढ्दै सञ्चो भएको अनुभव गर्न सकोस् ।

उनलाई सोधेका केहि रोचक प्रश्न :
प्रश्न : मैले सुनेको छु की , एसिडले गर्भ निरोधकको काम गर्छ । के मैले सहवासको समयमा श्रीमतीको योनीमा सुन्तलाको रस हाल्न सक्छु ?

महेन्द्रको उत्तर : के तपाइँ भेलपुरी बेच्दै हुनुहुन्छ ? यस्तो वाहियात विचार कसरी दिमागमा आयो । गर्भ नरहनका लागि कण्डम प्रयोग गर्नोस् ।

समाजका सबैलाई अत्यावश्यक चिज तर कसैले खुलेर बोल्न र लेख्न नचाहने विषयमा वत्सले निरन्तर कलम चलाउँदै आएका छन् । जसले विशेष गरेर महिला वर्गलाई सहयोग पुर्‍याएको महेन्द्रको ठहर छ ।

उनले भने, महिलाले यौनको विषयमा बोल्न लाज मान्ने भएकाले मैले उनीहरुलाई आफ्नो समस्या लेख्न आग्रह गरेको छु । जुन कुरा श्रीमानले थाहा पाउदैनन् भन्दै प्रेरणा दिएको छु ।

यौन शिक्षाको अभावमा यौन समस्या बढ्दै गएको उनले बताए । ‘आक्स द सेक्सपर्ट’ नामको स्तम्भमार्फत उनले यौनशिक्षा फैलाइरहेको सो अखबारका सम्पादक मीनल बघेलले दावी गरेका छन् ।

sex2

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us