
काठमाण्डु, ७ साउन – २० औं राष्ट्रमण्डल खेल बुधबार स्कटल्याण्डको ग्लास्गोमा सुरु भएकाे छ । प्रतियोगिताको औपचारिक उद्घाटन बेलायती महारानी एलिजाबेथ द्वितियाले गरेकीछिन् ।
अगस्ट ३ तारिखसम्म चल्ने प्रतियोगितामा ७१ देशका ४ हजार ५ सय खेलाडीले ८१ खेलका विभिन्न विधामा प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको उद्घाटन समारोह प्रत्यक्ष रुपमा ४० हजार जना र विश्वभर १ अर्ब जनाले टेलिभिजन मार्फत हेर्ने अपेक्षा गरिएको छ । अघिल्लो पल्टको राष्ट्रमण्डल खेल आयोजक भारतले उद्घाटन समारोहमा हुने परेडको नेतृत्व गर्नेछ ।
बिबिसीका अनुसार प्रतियोगिताको सुरक्षाका लागि २ हजार ४ सय सशस्त्र फौज र १७ वटा नीजि सुरक्षा कम्पनीका सुरक्षाकर्मी सहितका सुरक्षा अधिकारी र १५ हजार भन्दा बढी स्वयंसेवक खटाइने छ ।
स्कटल्याण्डले यसअघि सन् १९७० र १९८६ मा पनि राष्ट्रमण्डल खेल आयोजना गरेको थियो । सन् २०१० मा भारतको दिल्लीमा भएको राष्ट्रमण्डल खेल अव्यवस्थित आयोजनाका कारण आलोचित भएको थियो ।