
काठमाण्डु, ५ साउन – अभ्यास खेलका लागि दक्षिण कोरिया गएको नेपालको १६ वर्ष मुनिको फुटबल टोली आज स्वदेश फर्कंदैछ ।
आगामी महिना हुने १६ वर्ष मुनिको एएफसी च्याम्पियनसीप तयारीका लागि टोली अभ्यास खेल खेल्न गत असार २३ गते कोरिया गएको थियो । नेपाली टिमले कोरियाको अण्डर–१६
टोली र दुई विश्वविद्यालको टिमसँग मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपालले एक खेलमा जित हात पार्यो भने दुई खेल खेल बराबरीमा रोकिएको थियो ।
आगामी भदौ २१ मा सुरु हुने १६ वर्ष मुनिको एएफसी च्याम्पियनसीपमा समूह ‘सी’ मा रहेको नेपालले उज्वेकिस्तान, कुवेत र उत्तर कोरियासँग खेल्नेछ ।