
काठमाण्डु, ३१ असार– विश्वकप विजेता जर्मन टोलीको जर्मनीको राजधानी बर्लिनमा भव्य स्वागत भएको छ ।
ब्राजिलमा भएको विश्वकप जितेर मंगलबार स्थानीय समय अनुसार बिहान बर्लिनमा पुगेका खेलाडीलाई हजारौं नागरिकले भव्य स्वागत गरेका छन ।
विमानबाट उत्रेपछि उनीहरुलाई ट्रकमा राखेर शहर परिक्रमा गराइएको छ ।
विश्वविजेतालाई राखिएको ट्रकमा १९५४,१९७४,१९९०,२०१४ लेखिएको थियो । यी चार पटक जर्मनीले विश्वकप जितेको छ । यो पटक अर्जेन्टिनालाई फाइनलमा १–० ले हराउँदै जर्मनीले विश्वकप जितेको हो ।