अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि २० करोड

काठमाण्डु टुडे २०७१ असार २९ गते १५:४६ मा प्रकाशित

काठमाण्डु, २९ असार– अर्थमन्त्री रामशरण महतद्वारा आइतबार सार्वजनिक आर्थिक वर्ष २०७१/०७२ को बजेटमा काठमाण्डुको मूलपानीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदानको प्यारापिट निर्माणका लागि २० करोड रुपैयाँ विनियोजन गरिएको छ ।
आगामी तीन वर्षभित्र हरेक निर्वाचन क्षेत्रमा न्यूनतम एउटा खेलमैदान बनाउने कार्यक्रमअन्तर्गत आगामी आर्थिक वर्षभित्रमा थप ५३ निर्वाचन क्षेत्रमा खेल मैदान निर्माण गर्ने बजेटमा उल्लेख छ ।
यसका अतिरिक्त भैरहवामा पनि मैदान स्थापना गर्नुका साथै अन्य सम्भावित स्थानमासमेत क्रिकेट मैदान निर्माण गरिने बजेटमा उल्लेख छ ।

राष्ट्रिय युवा परिषद गठनका लागि संरचनात्मक कार्य अगाडी बढाईने तथा युवा विकासका लागि भिजन २०२५ तयार गरी कार्यक्रम सञ्चालन गरिने बजेटमा उल्लेख छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us