मेसी भित्र्याउन सिटीकाे २० करोड पाउण्ड प्रस्ताव

काठमाण्डु टुडे २०७१ असार २९ गते २:५७ मा प्रकाशित

messi_arjentinaकाठमाण्डु, २९ असार –अर्जेन्टिनी स्ट्राइकर लियोनेल मेसीका लागि इंग्लिस क्लव म्यानचेष्टर सिटीले २० करोड पाउण्ड खर्च गर्ने तयारी गरेको छ ।

स्पेनिस क्लव बार्सिलोनामा रहेका मेसीलाई क्लवमा भित्र्याउनका लागि सिटीले २० करोड पाउण्ड खर्च गर्न तयार रहेको भन्दै आफ्ना एजेन्टहरुलाई कुरा अघि बढाउन निर्देशन दिएको वेलायती अनलाइन डेलीमेलले जनाएको छ ।

मेसीले हालसालै मात्रै बार्सिलोनासँग बार्षिक १ करोड ६३ लाख पाउण्ड तलब पाउने गरी नयाँ सम्झौता गरेका छन् । मेसी बार्सिलोनामै खुसी रहेकाले उनले बार्सिलोना छाडिहाल्ने संकेत भने छैन ।

उनले जारी विश्वकपमा अहिलेसम्म ४ गोल गरेका छन् । उनले अर्जेन्टिनालाई फाइनलमा पुर्याउन महत्वपूर्ण योगदान गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us