नेपालले कोरियाको हाइस्कूलसँग बराबरी खेल्यो

काठमाण्डु टुडे २०७१ असार २८ गते १:४७ मा प्रकाशित

Bimal-Ghartimagarकाठमाण्डु २८ असार –  मैत्रीपुर्ण खेल तथा वैदेशीक प्रशिक्षणका लागि दक्षिण कोरियामा रहेको नेपाली यू १६ टोलीले शुक्रबार भएको मैत्रीपुर्ण खेलमा कोरियाको बोइन हाइ स्कूलको टिमसँग २–२ को बराबरी खेलेको छ ।

नेपाली टिमका लागि अनन्त तामाङ्ग र संजोक राईले गोल गरेका थिए । कप्तान बिमल घर्ती मगरको पेनाल्टी प्रहार भने गोल भएन ।

आगामी सेप्टेम्बरमा थाईल्याण्डमा संचालन हुने ए एफ सी यु १६ च्याम्पियनसिप २०१४ को टिम तयारीको सिलसिलामा नेपाली टिम मैत्रीपुर्ण खेल तथा वैदेशीक प्रशिक्षणका लागि दक्षिण कोरियामा गएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us